काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले क्रियासिल सदस्यतामा देखिएको विवादबारे छलफल गर्दैछ । कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा मध्यान्ह १२ बजेपछि बैठक बस्ने कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
क्रियासिल सदस्यता वितरणमा धादली भएको भन्दै प्रदेश २ का संस्थापन इतर पक्षका नेताहरु पार्टी केन्द्रिय कार्यालयमा धर्नामा बसेका छन् । संस्थापन इतर पक्षले उक्त विवाद र हाल भइरहेको कामबारे केन्द्रीय क्रियाशील छानबिन समितिका सदस्यहरुसंग छलफल गर्ने बुझिएको छ ।
यस्तै साउन १२ का लागि तोकेको वडा अधिवेशन स्थगित भएपछि अब कहिले अधिवेशन गर्ने भन्नेबारे पनि छलफल हुने एक नेताले जानकारी दिए । आजको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतलाई बोलाइएको छ ।




प्रतिक्रिया