काठमाण्ड – नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकमा समितिले १३ पृष्ठको प्रतिवेदन पार्टी सभापति देउवालाई हस्तान्तरण गरेको हो । जसअन्तर्गत नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य बनाएको छ ।
क्रियाशील सदस्यता विवाद भएका चार जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील अझै टुंगिएका छैनन् । १४ औं महाधिवेशन गर्न कांग्रेसले यतिधेरै क्रियाशील सदस्यता थप गरेको हो । जुन संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर छ ।
प्रतिक्रिया