कांग्रेस महाधिवेसन अनिश्चित, केन्द्रिय समितिको बैठक आज पनि बस्दै

कांग्रेस महाधिवेसन अनिश्चित, केन्द्रिय समितिको बैठक आज पनि बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । अस्ति बिहीबारदेखी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सुरू भएको बैठकमा केन्द्रिय सदस्यहरूले महाधिवेसन केन्द्रित धारणा राखिरहेका छन् । आज पनि दिउँसो २ बजेकालागि बैठक डाकिएको छ ।

जारी बैठकमा उपसभापति विमलेन्द्र निधिले पेश गरेको प्रतिवेदन र महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्। चौधौं महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्ने विषयमा अझै सहमति जुट्न नसक्दा माहाधिवेसन नै अनिश्चित बनेको छ ।

केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच परस्पर विरोधी धारणा आएका छन् । संस्थापन पक्षका नेताहरूले आउँदो मंसिरभित्र महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । उनिहरूले भदौ २३ मा वडा अधिवेशन गरेपछि महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने कार्यतालिका ल्याउनुपर्ने बताएका छन् ।

तर रामचन्द्र पौडेल पक्षले भने भदौ २३ देखि महाधिवेशनको प्रक्रिया सुरू गरी दसैंअघि नै सक्नुपर्नेमा जोड दिएको छ । क्रियाशील सदस्यसम्बन्धी विवादका कारण कार्यतालिका प्रभावित भएपछि अब के गर्ने भन्नेबारे कांग्रेस केन्द्रीय समितिमा दुई धार देखिएको छ । केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएपछि प्राप्त सुझावका आधारमा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।