कांग्रेसका भातृ संस्थाको म्याद फेरि थपियो

कांग्रेसका भातृ संस्थाको म्याद फेरि थपियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले पार्टीका भ्रातृ संस्थाको म्याद ६ महिना थप गरेको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय कार्यसमिति बैठकले नेपाल विद्यार्थी संघ र तरुण दलसहितका ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो ।

म्याद समाप्त भएका नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधी ६ महिनाका लागि थप गरिएको हो । यी भातृ संस्थाको म्याद ६/६ महिना गरी तीन पटक थपिइसकेको छ ।