खुलातर्फ कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु विजयी

खुलातर्फ कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेता रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा फराकिलो अग्रतासहित विजयी भएका हुन्। उता अजयबाबु पनि दोस्रो हुँदै सहमहामन्त्री पद पक्का गरे।

उनलाई पछ्याएका डिल्लीराम सुवेदी केही मतान्तरले पराजित हुन पुगेका छन्। यस पदमा चर्चित नेताहरू देवेन्द्रराज कँडेल, राजीव ढुंगाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री पनि पराजित भए ।