कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ ।

सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने तयारी गरे पनि कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय समिति बनाउनुपर्ने मागसहित कांग्रेस संसद् अवरोध गरिरहेको छ ।

सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध गरेका थिए । उनीहरूले सहकारी ठग गर्नेलाई कारबाही गर्न माग गरेका छन्।

कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।