कांग्रेस अछाम अधिवेशनः सहमतिको प्रयास असफल, आज पुनः मतदान हुँदै

कांग्रेस अछाम अधिवेशनः सहमतिको प्रयास असफल, आज पुनः मतदान हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम –  नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ । पहिलाे चरणकाे चुनावमा तीन उम्मदेवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिकाे प्रयास भएकाे थियाे ।

सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलाे चरणबाट बाहिरिसकेका छन् । सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हाे । पहिलाे चरणकाे चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए ।