कांग्रेसले पुस २७ गते १६ जिल्लामा अधिवेशन गर्ने

कांग्रेसले पुस २७ गते १६ जिल्लामा अधिवेशन गर्ने


काठमाण्डु –  १६ जिल्लामा रोकिएको नेपाली कांग्रेसको अधिवेशन यही पुस २७ गते हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले अधिवेशन हुन बाँकी जिल्लाहरुको अधिवेशन पुस २७ मा गर्ने निर्णय गरेको हो । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गरी रोकिएका क्षेत्रमा अधिवेशन हुने जनाएको हो ।

कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसके पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर लगायत जिल्लामा अधिवेशन हुन सकेको छैन ।