कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर (तालिकासहित)

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर (तालिकासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रवार विज्ञप्ति जारी गर्दै १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको जानकारी दिएको हो ।

शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले गाउँ–नगरपालिका, प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको नयाँ मिति प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार निर्वाचन समितिले निर्वाचन कार्यतालिका मिति हेरफेर गररेको हो ।

संशोधित कार्यतालिकामा वडा अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरुमा असोज ५ गते गर्ने र स्थानीय तहका अधिवेशन असोज ९ गते गर्ने उल्लेख छ । त्यस्तै प्रदेश अधिवेशन कार्त्तिक १०,११ र १२ गते गर्ने उल्लेख छ । केन्द्रीय महाधिवेशनको मिति भने यथावत राखिएको छ ।