कांग्रेस अधिवेशन : बागमतीको पदाधिकारीमा को–को भए विजयी ? (मतपरिणामसहित)

कांग्रेस अधिवेशन : बागमतीको पदाधिकारीमा को–को भए विजयी ? (मतपरिणामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशन निर्वाचनको नतिजा सार्वजनिक भएको छ । मंगलबार बिहान सम्पन्न मतपरिणामअनुसार प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन ।

बस्नेत र महर्जनले एक हजार ५९ र एक हजार ३७ मत ल्याएर विजयी भएका हुन् । उक्त पदका लागि उम्मेदवारी दिएका प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित भएका छन् ।

त्यस्तै महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी भएका छन् । यस्तै महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल विजयी भएकी छन् भने खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भए । काँग्रेस बागमतीको सभापतिमा भने यसअघि नै इन्द्रबहादुर बानियाँ विजयी भएका थिए ।