कांग्रेस बागमती संसदीय दलको चुनाव हुँदै

कांग्रेस बागमती संसदीय दलको चुनाव हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुँदैछ ।

संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ। मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ ।

निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम बिहान १० बजेदेखि ११ बजेभित्र सञ्चालन हुनेछ।

उम्मेदवारहरूको प्रारम्भिक नामावली साढे ११ बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गरिने र सोही दिन निर्वाचन परिणाम घोषणा गरिने जनाइएको छ ।

मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्धको मंगलबार अविश्वासको प्रस्ताव पारित भएपछि अर्को नेता चुन्न संसदीय दलको चुनाव हुन लागेको हो ।