काठमाण्डु – नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन ९ दिन सार्ने निर्णय गरेको छ ।काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले महाधिवेशन ९ दिन पर सारेर भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाण्डुमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि गत फागुनमा बसको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । पूर्वनिर्धारित मिति असार अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै कांग्रेस महामन्त्री शसांक कोइरालाले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेका थिए ।
सहमहामन्त्री डा. प्रकाशशरण महत केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय भएको बताए ।




प्रतिक्रिया