कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक बिहीबार बस्दै

कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक बिहीबार बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बिहीबार (भोलि) बिहान साढे ११ बजे बस्ने गरि बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने छ । २४ गतेबाट महाधिवेशन गर्न लागेको कांग्रेसले त्यसअघि अन्तिम बैठक बोलाएको हो ।