काँग्रेस संसदीय दलको बैठक बानेश्वरमा सुरु

काँग्रेस संसदीय दलको बैठक बानेश्वरमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।  दिउँसो एक बजेलाई बोलाएको बैठक २ बजेपछि मात्र सुरु भएकाे हो ।आइतबारदेखि बस्ने प्रतिनिधिसभा बैठकबारे रणनीति बनाउन बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा जारी छ ।

बिहीबार साँझ बसेको काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संसदीय दललाई सत्ता गठबन्धन तथा सरकार निर्माणबारे नीति बनाउने जिम्मेवारी दिएको थियो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बुढानिलकण्ठमा शीर्ष नेताहरूसँग यसबारे कुराकानी गरेका थिए।