पत्रकारलाई दण्डित गर्ने विधेयक कांग्रेसलाई स्वीकार्य छैन

पत्रकारलाई दण्डित गर्ने विधेयक कांग्रेसलाई स्वीकार्य छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक स्विकार्य नभएको बताएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदीय दलकी सचेतक पुष्पा भुसालले मिडिया काउन्सिल सम्बन्धि समाचार लेखेकै आधारमा पत्रकारलाई दण्डित गर्ने विधेयक कांग्रेसलाई स्वीकार्य नभएको बताएकी हुन् ।

राष्ट्रिय सभामा दर्ता भएको विधेयकले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित गर्न खोजेको आरोप लगाएको छ ।

‘सरकारले संविधानको मान्यताविपरीत आएर मिडिया काउन्सिल विधेयक अगाडि सारेको छ’, भुसालले भनिन, ‘सरकारले राज्य नियन्त्रित कानुन बनाउन खोजेको छ । सरकारको विरूद्धमा जनताले अभिव्यक्ति दियो भने शासनविरूद्ध आवाज उठाए, आवाज दबाउनका लागि लोकतन्त्रलाई भय र त्रासको वातावरण बनाउन जुन किसिमको विधेयक प्रवेश गराएको छ त्यसको घोर भत्सर्ना गर्न चाहन्छौं ।’

उनले सरकारको मुहारमा गलत नियत देखिएको बताइन् । ‘प्रेसको अधिकार कुण्ठित गर्नेगरी विधेयक तर्जुमा गरेको छ, त्यो विधेयक कुनै हालतमा संसदबाट अगाडि बढाउन सक्दैनौं’, भुषालले भनिन, ‘मिडिया काउन्सिल विधेयक हाम्रो लोकतन्त्रले चिन्दैन। हामीले बुझ्दैनौं, पढ्न चाहँदैनौं। त्यो फिर्ता लिन माग गर्दछौं।’ उनले आमसञ्चार नीतिविपरीत विधेयक ल्याइएको बताइन् ।

‘जनताको नागरिक अधिकार कुण्ठित गर्ने गरि प्रेस स्वतन्त्रतालाई निषेध र दण्डित गर्ने मुहार बोकेको विधेयक आए स्वीकार हुने छैन’, भुषालले भनिन् ‘स्वीकार्य छैन ।’

कांग्रेस सांसदहरूले आवाज उठाएलगत्तै सभामुख कृष्णबहादुर महराले सरकारका मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन् ।