कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक मंगलवार बिहान ९ बजेका लागि बोलाइएको हो ।

कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्।

सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेसले क-कसलाई मन्त्री बनाउने टुंगो गरिसकेको छैन। भोलि बस्ने कार्यसम्पादन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी समावेशी सिद्धान्तको आधारमा मन्त्री बन्नेको नाम टुंगो लगाउने बुझिएको छ।

त्यसैगरी भोलि बस्ने कार्यसम्पादन समिति बैठकमा तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल हुने आशा गरिएको बुझिएको छ ।