काठमाडौं – नेपाली कांग्रेसले सरकारलाई खबरदारी गर्ने उद्देश्यका साथ छायाँ सरकार बनाएको छ ।
पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका हुन् ।
छायाँ सरकारको गृहमा दिलेन्द्रप्रसाद बडू, ऊर्जामा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमा मिनेन्द्र रिजाल, परराष्ट्रमा नारायण खड्का, शिक्षामा गगन थापा संयोजक (मन्त्री) तोकिएका छन् ।
शहरी विकासमा उमाकान्त चौधरी, खेलकुदमा किशोर सिंह राठौर, उद्योगमा मीन विश्वकर्मा, शिक्षामा गगन थापा, खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिएका छन् ।
भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिएका छन् ।
छायाँ सरकारका मन्त्रीहरुले वर्तमान सरकार र मन्त्रीहरुले गरेका गलत कामको आम जनतामा भण्डाफोर गर्ने कांग्रेसले जनाएको छ ।




प्रतिक्रिया