काठमाण्डु- नेपाली काँग्रेसले स्थानीय तहको चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता प्रकाशशरण महतले स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धन हुने बताए । ‘पार्टीले गठबन्धनको पक्षमा नीतिगत निर्णय गरेको छ । स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धन हुने छ । त्यसका लागि सम्बन्धित निकायमा संयन्त्र बन्ने छ ।’, उनले भने ।
त्यसैगरी उनले कांग्रेसको सो निर्णयले गठबन्धनलाई व्यवहारिक रुपमा अगाडि बढाउने बताएका छन् । त्यसैगरी नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ ।




प्रतिक्रिया