देउवा पक्षले छुट्टै केन्द्रीय समिति बैठक बोलाउने

देउवा पक्षले छुट्टै केन्द्रीय समिति बैठक बोलाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षधरले छुट्टै केन्द्रीय समिति बैठक बोलाउने भएको छ ।

आइतबार धुम्बाराहीस्थित होटल स्मार्टमा बसेको कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठकको मिति तय गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको नेता मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा शेखर कोइराला, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, बालकृष्ण खाणलगायतका २ दर्जन जति नेता सहभागी थिए ।