कांग्रेस सरकारमा जाँदैन, अविश्वास प्रस्ताव पनि ल्याउँदैन: देउवा

कांग्रेस सरकारमा जाँदैन, अविश्वास प्रस्ताव पनि ल्याउँदैन: देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् ।

कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना व्यक्त गर्न मंगलबार विराटनगर पुगेका देउवाले पत्रकारहरुसँगको कुराकानीमा बोल्दै देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले तत्काल सरकारमा नजाने बताएका हुन् ।

‘कांग्रेसले सरकार बनाउँदैन । विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन,’ उनले भने, ‘कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पनि ल्याउँदैन । कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’

कांग्रेस विपक्षी पार्टी भएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने उनको भनाई थियो ।