कांग्रेससँग सहकार्य गर्न चिन इच्छुक : चिनियाँ राष्ट्रपति सी


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाली काँग्रेससँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच काठमाडौंको होटल सोल्टीमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी नेपाली काँग्रेससँग अझै राम्रो सम्बन्ध कायम गर्दै सहकार्य गर्न तयार रहेको जिकिर गरेका हुन् ।

भेटपछि पुर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले सीको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई नयां उचाइमा पुर्याएको बताएका छन् ।
दुई दिने भ्रमणका क्रममा नेपाल आएका चिनियां राष्ट्रपतिसँग शनिवार सांझ होटल सोल्टीमा भएको भेटपछि देउवाले दुवै देशले व्यापार, उर्जा र पूर्वाधारबाट फाइदा लिनुपर्ने बताए । सभापति देउवासँगको भेटमा नेपाली काँग्रेस पार्टीको चीनसँगको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै पार्टीले देशको बागडोर सम्हाल्दा चीन नेपाल सम्बन्धमा पुर्याएको योगदान चिनियाँ जनताले भुल्न नसक्ने बताएका थिए ।

राष्ट्रपति सीले छिमेकी मित्रका रुपमा चीन र नेपाल सँधै राम्रो दाजुभाइ र मित्र भएको बताए । ‘नेपालको सत्तामा जुनै पार्टी आए पनि दुई देशबीच स्थिर र मित्रवत सम्बन्ध कायम रहनेछ,’ सीले भने । भेटमा सभापति देउवाले नेपाली पक्षले चीनसँगको सम्बन्ध विस्तारलाई ठूलो महत्त्व दिएको बताउँदै चीनलाई नेपालको विकासमा दीर्घटकालिन सहयोग र देशको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई जोगाउन गरेको प्रयासका लागि धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement