मेयर र उपमेयर टुंगो लगाउन देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

मेयर र उपमेयर टुंगो लगाउन देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका हुन् ।

बैठकले गठबन्धनमा भएको सहमति अनुसार स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस समेत गठबन्धनमा रहेका दलहरु अहिले पनि उम्मेदवार टुंगो लगाउने विषयमा आन्तरिक छलफलमा जुटिरहेका छन् ।

यता स्थानीय तह निर्वाचनको मिति नजिक आउँदै गर्दा प्रतिपक्षी दल नेकपा एमालेले भने विभिन्न पालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ भने अन्यमा लगाउने क्रम जारी छ ।