स्थानीय निर्वाचन: मत र पदमा पहिलो दल बन्यो काँग्रेस (प्रतिवेदनसहित)

स्थानीय निर्वाचन: मत र पदमा पहिलो दल बन्यो काँग्रेस (प्रतिवेदनसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा मत र पद दुबैमा आफू पहिलो बनेको निष्कर्ष निकालेकाे छ । बिहीबार नेपाली काँग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले स्थानीय तहको निर्वाचन अन्तर्गत मत र पद दुबैमा कांग्रेस पहिलो दल बनेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई छुट्टाछुट्टै रुपमा प्रतिवेदन बुझाएका छन् ।

नेता पौडेलले प्रतिवेदनको अनुसार वडागतरुपमा मत विश्लेषण गर्दा मत र पद दुवैमा काँग्रेस पहिलो भएको छ । काँग्रेसले ७५२ मध्ये ३२९ पालिका (१८८ अध्यक्ष र १४१ प्रमुख)को नेतृत्व हात पारेको छ । ३ सय पालिकामा (१९० उपाध्यक्ष र ११० उपप्रमुख) काँग्रेसले प्रतिवेदनमा उल्लेख छ । काँग्रेसले अहिलेसम्म १६६५ वडाध्यक्ष जितेको छ ।

काँग्रेसका वडा अध्यक्षका उमेदवारले ३८ लाख ८३ हजार १३८ मत पाएका छन् । प्रदेशगत रुपमा पनि काँग्रेस पहिलो दल बनेको छ । सातै प्रदेशमा पहिलो भएको काँग्रेस बागमती र कर्णालीमा एमालेभन्दा दोब्बर बढी पालिका प्रमुख जित्न सफल भएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धमा आवद्ध दलहरुसँग तालमेल गरेको थियो ।