काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यनिर्वाचन– २०७९, केन्द्रीय परिचालन समितिमा दुई सदस्य थप गरेका छन् ।
सभापति देउवाले समितिमा चण्डेश्वर वैद्य, काठमाण्डु र केशर रोकाय, सुर्खेतलाई नियुक्त गरेकाे पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेकाे समितिमा आज दुई सदस्य थप गरेका थिए ।




प्रतिक्रिया