कांग्रेसको निर्वाचन घोषणापत्र बनाउने जिम्मा गगन थापालाई

कांग्रेसको निर्वाचन घोषणापत्र बनाउने जिम्मा गगन थापालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले स्थानीय निर्वाचनको घोषणापत्र बनाउने जिम्मा महामन्त्री गगन थापालाई दिएको छ ।

सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री थापालाई दिएका हुन् ।

स्थानीय निर्वाचन घोषणापत्र लेख्ने जिम्मा महामन्त्री थापालाई दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।