काठमाण्डु – नेपाली कांग्रेसभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद जारी रहँदा गण्डकी र कर्णाली प्रदेशका पार्टी सभापतिसहित शीर्ष नेता विपक्षमा उभिने भएका छन् ।
नेकपा एमाले बलियो रहेको तर्क गर्दै स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने सभापति शेरबहादुर देउवाले राखेको धारणाप्रति असहमति जनाउँदै गण्डकी र कर्णाली प्रदेशका प्रदेश सभापति विपक्षमा उभिने भएका हुन् ।
शेखर कोइराला समूहका अधिकांश नेता गठबन्धन गरेर गएमा कांग्रेसको पहिचान गुम्ने भन्दै विपक्षमा मत प्रकट गरिरहेको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् । ‘शेखर कोइराला समूहका अधिकांश नेता गठबन्धनको विपक्षमा रहनु भएको छ,’ गौतमले भनिन, ‘गण्डकीका शुक्रराज शर्मा र कर्णाली प्रदेशका प्रमुख ललितजंग शाही पनि विपक्षमा देखिनु भएको छ ।’
कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, बलबहादुर केसी, रमा कोइराला, प्रकाश स्नेही, टेकबहादुर गुरुङलगायतका नेताहरु बिपक्षमा मत प्रकट गरेको गौतमले जानकारी दिइन् । तर महामन्त्री गगन थापाले भने पार्टीले गरेको निर्णयमा विरोध गर्न नसक्ने समेत बताएका छन् ।




प्रतिक्रिया