महाधिबेसन सार्ने तयारीमा कांग्रेस

महाधिबेसन सार्ने तयारीमा कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सार्ने तयारी गरिएको छ।  कोरोना महामारीको बढ्दो जोखिमका कारण आवश्यक तयारी गर्न जोखिम हुने भन्दै कांग्रेसका शीर्ष नेताहरुले सहमति गरेर केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजान लागिएको छ ।

कांग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन ७ गतेका लागि तोकिएको छ। नेताहरुले महाधिवेशन २०७८ जेठमा हुने गरी सहमति छलफल गरेको काङ्रेसका एक नेताले बताएका छन ।

बिहीबार देउवाले आफ्नो निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी तथा शीर्ष नेताहरुलाई बोलाएर क्रियाशील सदस्यता शतप्रतिशत बढाउने निर्णय गराएका थिए । महामारीका कारण क्रियाशिल सदस्यता नवीकरण तथा वितरण, संगठन समायोजन लगायतको काम समयमै सम्पन्न नहुने अनुमान लगाउँदै नेताहरुले महाधिवेशन सार्न नेताहरुले सुझाब दिएका छन ।