विपक्षी गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय

विपक्षी गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । विहीबार र शुक्रबार बसको केन्द्रीय कार्यसमिति बैठकले माओवादी केन्द्र, एमालेको माधव नेपाल,जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनको निरन्तरता दिने निर्णय गरेको हो।

लोकतन्त्र र संविधानको मूल्य र मान्यतालाई एक पछि अर्को गरी कमजोर पार्ने काम भइरहेको छ। त्यसविरूद्ध बृहत्तर एकता जो लोकतन्त्र र संविधानमा विश्वास गर्छ। ती पार्टी र समूहलाई जोड्दै लैजाने, एकताबद्ध बनाएर लैजाने निर्णय भएको छ’, बैठकपछि काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने,।

संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि प्रधानमन्त्री ओली विरुद्धको बृहत मोर्चा एकताबद्ध बनाएर जाने बैठकको निष्कर्ष रहेको महतले जानकारी दिए

काँग्रेस, माओवादी, राजमो, माधव, उपेन्द्र पक्षबीच गठबन्धन बनेको छ । सोही गठबन्धनको समर्थनमा बहुमत सांसदको हस्ताक्षरसहित काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा दाबी गरेका थिए ।

देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पेश भएको थियो।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमतको आधार नदेखिएको जिकिर गर्दै दाबी खारेजी गरेकी थिइन् । तर सो निर्णय उपर गठबन्धनका तर्फबाट १४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका छन् ।