कांग्रेस र जसपा बैठक : संसदमा भएका विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति

कांग्रेस र जसपा बैठक : संसदमा भएका विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति


काठमाण्डु – नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच दुई बुँदे समझदारी भएको छ।

शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा काँग्रेस र जसपाका नेताहरुबीच भएको छलफलमा तत्काल संसद बैठक बोलाउन माग गर्ने र संसदमा भएको विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले  बताए।

दुई पार्टीबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड-१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो।

शनिबार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राजेन्द्र महतो देउवालाई भेट्न बूढानिलकण्ठ पुगेका हुन्।

शुक्रबार नै देउवाले संसद अधिवेशन बोलाउन आफूले पटक पटक पहल गरेपनि कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले आफ्नो प्रयासले सार्थकता पाउन नसकेको बताएका थिए।