कांग्रेस महाधिवेशन : मतगणनास्थलमा झडप, उम्मेदवारको नाक भाँचियो

कांग्रेस महाधिवेशन : मतगणनास्थलमा झडप, उम्मेदवारको नाक भाँचियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा उम्मेदवारमाथि कुटपिट भएको छ ।

मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवार सैलेश पन्त कुटिएका हुन् । घटना हुँदा कम्तिमा पाँच जना घाइते भएका छन । घाइतेमध्ये गम्भीर अवस्थाका पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

पन्तको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको छ । घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ । मतगणना स्थलमा झडपको अवस्था सिर्जना भएपछि मतगणना स्थगित गरिएको छ ।