कांग्रेसमा कचिंगलः पुनर्जीवन दिन डाकिएको भेला नै प्रभावित

कांग्रेसमा कचिंगलः पुनर्जीवन दिन डाकिएको भेला नै प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कांग्रेसमा शीर्ष नेताहरूबीच बढेको किचलोले महासमिति भेला प्रभावित भएको छ। चुनावपछि थलिएको पार्टीलाई पुनर्जीवन दिन डाकिएको भेलाको मुख्य एजेन्डा विधान मस्यौदा यसकै घानमा परेको छ।

सुरु हुने अघिल्लो शुक्रबार रातिसम्म विधानमा मतऐक्य हुन सकेन। शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले विधान मस्यौदालाई अन्तिम रूप दिन नसकेको हो। भेलामा पेश गरिने अन्य चार प्रतिवेदन भने परिमार्जनसहित केन्द्रीय समितिले पारित गरेको छ। मुख्य मानिएको विधानमै किचलो बाँकी छ।

पछिल्लो समयमा कांग्रेसभित्र गुटगत गतिविधि तीव्र छ। शशांक कोइराला, सुजाता कोइरालालगायतले घरमै पटकपटक बैठक बोलाए। सामुहिक नेतृत्वको पक्षमा आवाज उठिरहेकै बेला शनिबारदेखि काठमाडौंमा महासमिति भेला सुरु हुँदैछ।

भेलाका लागि देशभरिबाट १६ सय कांग्रेस नेता–कार्यकता राजधानी आइपुगेका छन्। शनिबार ११ बजे सिंहदरबारअगाडिको पार्टी प्यालेसमा भेला उद्घाटन हुनेछ । आजको अन्नपुर्णपोष्ट्मा यो खबर छ ।