काठमाण्डु – नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित भएका छन् ।
केन्द्रीय निर्देशनविपरित जिल्लामा नेकपा एमालेसँग गठबन्धन गरेर स्थानीय तह निर्वाचनका लागि कांग्रेसविरुद्ध बागी उम्मेदवार उठाएपछि मल्ललाई कांग्रेसले पार्टीबाट हटाएको हो ।
पार्टीको विधान विपरित गतिविधि गरेकोले उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
डडेल्धुरा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । पार्टी सभापतिकै गृहजिल्लामा मल्लले कांग्रेस विरुद्ध बागी उम्मेदवार उठाएर एमालेसँग चुनावी तालमेल गरेका छन् ।





प्रतिक्रिया