‘हाम्रो प्रधानमन्त्री १४ वर्ष जेल बस्दा चोर, फटाहाहरूको संगतले त्यस्तै हुनुभएको छ’

‘हाम्रो प्रधानमन्त्री १४ वर्ष जेल बस्दा चोर, फटाहाहरूको संगतले त्यस्तै हुनुभएको छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा – नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक दर्जन नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा भित्र्याएका छन् ।

हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जनजागरण अभियानको क्रममा ओखलढुङ्गा जिल्लाको सिद्दिचरण नगरपालिका वडा नम्बर–८ सल्लेरीमा सोमबार आयोजित कार्यक्रममा नेता खतिवडाले नेकपाका १५ जना नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

प्रवेश गर्ने नेकपाका कार्यकर्ताहरूले कम्युनिस्ट नेताहरूले निर्वाचनमा गरेको बाचा अनुसारको काम गर्नुभन्दा पनि जनतालाई धोका दिएपछि बाध्य भएर पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

नेता तथा पूर्वसांसद खतिवडाले कम्युनिस्टहरू भनेका जनतालाई ढाँट्नेहरूको झुण्ड भएको बताए । ‘कांग्रेसले काम गर्छ । जनताको पीरमर्का बुझ्न सक्छ’, उनले भने, ‘कम्युनिस्ट भनेका जनतालाई झुक्काउनेहरूको झुण्ड हो । उनीहरूको विश्वास हुँदैन ।’

खतिवडाले सत्तारुढ नेकपा पार्टीका नेताहरूको काम भनेको कमाउनिस्ट भएको बताए । उनले नेकपाले जनताको भावनाअनुसार एउटा पनि काम नगरेको बताए ।

नेकपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेकाहरूलाई योग्यता र क्षमताअनुसार पार्टीमा जिम्मेवारी दिइने नेता खतिवडाले बताए ।

खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको आलोचना पनि गरे । ‘हाम्रो प्रधानमन्त्री १४ वर्ष जेल बस्दा चोर, फटाहा, डाँकाहरूको संगतले त्यस्तै हुनुभएको छ ।’

कांग्रेस प्रवेश गर्नेहरूमा कुमार तामाङ, लालबहादुर तामाङ, ठाकुरनाथ धमला, सार्की दमै, ठगबहादुर परियार, केसरबहादुर परियार, एकराज परियार, गोमादेवी चौलागाइँ, मनकुमार धमला, यानीखर धमला, लीलामाया परियार, निमबहादुर खत्री रहेका छन् ।