मन्त्री छनोटले कांग्रेसमा चर्को असन्तुष्टि

मन्त्री छनोटले कांग्रेसमा चर्को असन्तुष्टि

थानीको नाम उपसभापति खड्काको ‘अब्जेक्सन’पछि डा.कोइरालाले काटेको भन्दै विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ दल नेपाली कांग्रेसमा मन्त्री चयनले चर्को असन्तुुष्टि निम्त्याएको छ । १० मन्त्रालयसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी कांग्रेसभित्र संस्थापन र इतर दुवै समूहभित्र असन्तुष्टि चुलिएको नेताहरू बताउँछन् ।

खासगरी तीन नेताको नाम मन्त्री बन्ने सूचीमा राखेर अन्तिम समयमा काटिएको विषयले कांग्रेसमा असन्तुष्टि चुलिएको हो । मन्त्री बन्ने सूचीबाट अन्तिम समयमा सहमहामन्त्रीद्वय जीबन परियार र किशोरसिंह राठौर तथा हृदयराम थानीको नाम काटिएको थियो ।

नाम काटिएकामध्ये परियार र थानी इतर समूहका हुन् भने राठौर संस्थापन समूहका हुन् । असन्तुष्टिको पारो अहिले संस्थापनमा भन्दा बढी इतरमा बढेको नेताहरू बताउँछन् । खासगरी परियारको नाम काटेर इतर समूहका नेता डा.शेखर कोइरालाले सिंगो दलितप्रति अपमान गरेको बताउने धेरै छन् । परियारले आफै पनि डा. कोइराला र सभापति शेरबहादुर देउवासँग पनि असन्तुष्टि पोखेको स्रोतले बतायो । यस विषयले कांग्रेस भित्रको सिंगो दलित समुदाय नै रुष्ट छ ।

कांग्रेसभित्रका दलितहरू भन्दैछन्, ‘नेपाली कांग्रेस-जसले यो संविधानको स्वामित्व लिएको छ, त्यो पार्टीको नेतृत्वले मन्त्री सिफारिस गर्दा त्यसको मर्म भुलेको छ ।’ हुन पनि वर्तमान सरकारमा सबैभन्दा बढी मन्त्री बनाएको कांग्रेसले जनसंख्याको १४ प्रतिशत हिस्सा अगटेको दलित समुदायलाई स्थान नदिनुले उसको कृतघ्न उदांगिएको छ ।

मन्त्री बनाउने अन्तिम सूचीमा नाम परेर सभापति देउवासम्म सिफारिस गुगेर पनि नाम काटिएका नेता हुन् हृदयराम थानी । उनको नाम इतर समूहले मन्त्रीमा सिफारिस गरेर अन्तिममा हटाएको थियो ।

निकटस्थ स्रोतका अनुसार थानीको नाममा उपसभापति पूर्णबहादुर खड्काले ‘अब्जेक्सन’ जनाएपछि सभापति देउवाको अनुरोधमा समूहका नेता डा. कोइरालाले हटाएका थिए । थानी र उपसभापति खड्काको गृह जिल्ला सुर्खेत हो ।

आफ्नो नाम काट्न क-कसको भूमिका रह्यो भन्नेबारे थानीले निकटस्थहरूसँग भन्ने गरेका छन्ना-म काट्न क-कसले कस्तो भूमिका निर्वाह गरे भन्दा पनि डा. शेखर कोइराला किन अड्न सकेनन् भन्ने मुख्य प्रश्न हो । उनले मन्त्रीबाट तपाईको नाम कसरी हट्यो भनेर सोध्नेहरूलाई भन्छन्, ‘मेरो नाम मन्त्री बन्ने सूचीमा किन परेन भनेर डा. शेखर कोइरालालाई सोध्नुहोस् ।’

थानीलाई मन्त्री बन्न रोक्न कोइरालाको भन्दा बढी भूमिका उपसभापति खड्काको रहेको कांग्रेस नेताहरू बताउँछन् । संस्थापन समूहबाट मन्त्री बन्नेहरूको सूचीमा अन्तिमसम्म सहमहामन्त्री किशोरसिंह राठोरको नाम थियो ।

अन्तिममा नाम किन हटाइयो भन्नेबारे आफिूलाई कसैले अहिलेसम्म जानकारी नगराएकाले आफै अनभिज्ञ रहेको बताउने गरेका छन् । नेताहरू राठौरले आन्तरिक कुराकानीमा भने देउवाकै मन्त्रिपरिषदमा सहभागी बनाउने आश्वासन दिएको बताउँछन् ।