काठमाण्डु – मानव बेचबिखन तथा ओसारपसारको कसुरमा नेपाली कांग्रेसका प्रतिनिधि सभाका क्षेत्रीय सभपाति पक्राउ परेका छन् ।
अछामको प्रतिनिधिसभा क्षेत्र न २ (क) का कांग्रेस सभापति ताराप्रसाद खनाललाई आइतबार कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।
ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले खनालविरुद्ध पक्राउ पूर्जी जारी भएकाले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए ।
खनालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ ।
प्रतिक्रिया