कांग्रेस महामन्त्रीमा गगनको अग्रता, ११९५ मत गन्दा ७५६ ल्याए

कांग्रेस महामन्त्रीमा गगनको अग्रता, ११९५ मत गन्दा ७५६ ल्याए


काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना जारी छ । बिहीबार जारी मतगणनामा ११९५ मत गन्दा गगन थापाले ७५६ मत प्राप्त गरेका छन् भने प्रदीप पौडेलले ३०९ मत ल्याएका छन् ।

त्यस्तै विश्वप्रकाश शर्माले ४९०, मत पाएका छन् । प्रकाशशरण महतले ३८९ र मिनेन्द्र रिजालले २२३ मत पाएका छन् । दुई महामन्त्रीका लागि ६ जना प्रतिस्पर्धामा छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन स्थानमा मतगणना गरिँदै छ ।