काठमाण्डु – नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ सभापतिको दौडबाट पछि हटेका छन् । संस्थापन पक्षका नेता श्रेष्ठले पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका थिए ।
तर अन्तिममा आएर श्रेष्ठले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका हुन् । आज बिहान १० बजेबाट साँझ ५ बनेसम्म उम्मेदवारी दर्ता कार्यक्रम छ । देउवाले सभापतिमा दोहोरिन चाहेपनि संस्थापन समूहमा पूर्व उपसभापति श्रेष्ठ र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए ।
श्रेष्ठले देउवालाई समर्थन जनाउने भएपनि निधि भने उम्मेदवारी दर्ताको तयारीमा छन् । निधिले दिउँसो ३ जेपछि सभापतिमा उम्मेदवारी दर्ता गर्ने बताए ।




प्रतिक्रिया