२२२१ मत गन्दा गगनले ल्याए १४५६ मत, विश्वप्रकाशले ८९७

२२२१ मत गन्दा गगनले ल्याए १४५६ मत, विश्वप्रकाशले ८९७


काठमाण्डु – नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार २२२१ मत गन्दा थापाले १४५६ र विश्वप्रकाशले ८९७ मत ल्याएर अग्रता कायम राखेका छन् । उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ७२८, प्रदीप पौडेलले ६४५, मिनेन्द्र रिजालले ३८३ र राजाराम कार्कीले ६१ मत ल्याएका छन् ।