काठमाण्डु – नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले महासमितिको बैठक सार्ने निर्णय गरेको छ।
शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तेस्रो पटक महासमितिको बैठक सार्दै फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ।
यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर, सो मितिमा गर्न नसकिने भन्दै सारेर पुस १६ देखि १९ सम्म पुर्याएको थियो । फेरि उक्त बैठक राष्ट्रियसभाको चुनाव र चिसोका कारण सार्ने निर्णय भएको थियो।
कांग्रेसको महासमिति बैठकको मिति सरेको यो चौथो पटक हो । बैठकमा जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ।




प्रतिक्रिया