कञ्चनपुर – कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एक जना मेयर डान्सबारबाट पक्राउ परेका छन् । कांग्रेसबाट निर्वाचित मेयर अमरसिंह धामी युवती सहित डान्स बारबाट पक्राउ परेका हुन् ।
महेन्द्रनगर बजारमा रहेको ब्लू डान्सबारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर धामीलाई पक्राउ गरिएको छ ।
मध्यरातमा डान्सबारमा युवती सहित मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा धामीलाई पक्राउ गरेर सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले डान्सबारमा विवाद भएको खबर पछि प्रहरी टोली त्यहाँ पुगेको बताए ।
प्रहरी नायब उपरिक्षक चन्दले मदिरा सेवन गरेर होहल्ला एवं शान्ति सुरक्षामा खलल पु¥याउने गतिबिधीमा संलग्न भएका मेयर धामी सहितको समुहलाई सम्झाईबुझाई छोडिएको बताए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका स्थायी घर भएका धामी नेपाली कांग्रेसबाट दार्चुलाको शैल्य शिखर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।




प्रतिक्रिया