विपक्षी गठबन्धनका शीर्ष नेता आन्तरिक छलफलमा

विपक्षी गठबन्धनका शीर्ष नेता आन्तरिक छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु प्रतिनिधिसभा विघटनविरुद्ध कानूनी र राजनीतिक आन्दोलन गर्ने बताएको विपक्षी गठबन्धनले थप रणनीति बनाउन छलफलमा जुटेको छ । यद्यपि छलफलको बिषयबारे जानकारी गराइएको छैन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलभइरहेको स्रोतले बताएको छ ।

गठबन्धनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका विपक्षी गठबन्धनले रिट हालेको थियो ।