कांग्रेस र माओवादी केन्द्रद्धारा मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिन ह्वीप जारी

कांग्रेस र माओवादी केन्द्रद्धारा मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिन ह्वीप जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिने विश्वासको मतको विपक्षमा उभिन ह्वीप जारी गरेको छ । मुख्यमन्त्री गुरुङले भोलि बिहीबार १२ बजेपछि विश्वासको मत लिँदैछन् ।

बुधबार गण्डकी प्रदेशसभाअन्तर्गत कांग्रेस र माओवादी केन्द्रको संसदीय दलकाे छुट्टाछुट्टै बसेकाे बैठकले आआफ्ना सांसदहरुलाई विश्वासको मत नदिन ह्रवीप जारी गरेका हुन् ।

त्यस्तै जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्रवीप जारी गरेको छ ।