गठबन्धनका सांसदको हस्ताक्षर संकलन सुरु, देउवा, प्रचण्ड र नेपाल छलफलमा

गठबन्धनका सांसदको हस्ताक्षर संकलन सुरु, देउवा, प्रचण्ड र नेपाल छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्नका लागि मोर्चाबन्दी गरेका दलहरुले सांसदको हस्ताक्षर संकलन सुरु गरेका छन् ।

सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ ।

सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपाल आन्तरिक छलफलमा जुटेका छन् । सर्वोच्च जानुअघि उनीहरुले कानुन व्यवसायीहरूसँग छलफल गर्ने भएका हुन् । जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु पनि छलफलमा सहभागी छन् ।

कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा पार्टी संलग्न गठबन्धनको शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको मिलेमतोमा भएको ‘असंवैधानिक’ कदमविरुद्ध सामूहिक रिट लिएर अदालतमा जाने निर्णय गरेको थियो ।