काठमाण्डु – नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको सभापतिका लागि जारी दोस्रो चरणको मतदानमा ८ बजेसम्म ३४ सय मत खसेको छ ।
सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज दोस्रो चरणको मतदान भइरहेको हो। राष्ट्रिय सभागृहमा ६ वटा बुथबाट मतदान भइरहेको छ ।
हालसम्म ३४ सय बढी मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । पहिलो चरणमा धेरै मत पाएका शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् ।




प्रतिक्रिया