पाँच क्लस्टरमा मतगणना : खस/आर्यतर्फ सहमहामन्त्रीमा राठौरको अग्रता

पाँच क्लस्टरमा मतगणना : खस/आर्यतर्फ सहमहामन्त्रीमा राठौरको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ । १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार केन्द्रीय कार्यालय सानेपामा ५ क्लस्टरमा मतगणना भइरहेको हो ।

जसमा आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना भइरहेको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

खस/आर्यतर्फ देउवा समूहका किशोरसिंह राठौरले अग्रता लिएका छन् । उनले शेखर समूहका देवराज चालिसेलाई पछि पारेका हुन् । अहिलेसम्म २०० सय मत गनिसकिएको छ । जसमा राठौरले एक सय ७ र चालिसेले ९१ मत पाएका छन् ।

यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् ।