काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने भएको हो ।
बैठकमा आउँदो भदौमा गर्ने भनिएको १४ औं महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ । छलफलमा पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाइएको छ ।
कोरोना महामारीकै बीचमा पनि कसरी महाधिवेशन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न लागिएको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसको महाधिवेशन गत वर्ष नै गर्नुपर्ने भए पनि अहिलेसम्म हुन सकेको छैन् । कांग्रेसले पार्टी विधानको व्यवस्थाअनुसार एक वर्ष थप अतिरिक्त समय लिएको छ र यो समय भदौमा समाप्त हुँदैछ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले सभापति देउवाले नियतवश महाधिवेशन गर्न नचाहेको भन्दै आलोचना गर्दै आइरहेका छन् ।




प्रतिक्रिया