कांग्रेसको बैठक बस्दै, महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगाउने


काठमाण्डु – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

आज बस्ने बैठकले महानगरपालिका प्रमुख र उपप्रमुख गरी छ जना उम्मेदवार छान्ने छ । सत्ता गठबन्धनभित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ ।

काँग्रेसले काठमाण्डु, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिँदै छ । यस्तै भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement