काँग्रेस पदाधिकारी बैठक सकियो, यी विषयमा भयो छलफल


काठमाण्डु- नेपाली कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठक सकिएको छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठकमा चुनावी रणनीति र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएको हो ।

आजको बैठकले आगामी केन्द्रीय समिति बैठकबाट भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि दिएको निवेदनबारे निर्णय हुने तय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

‘आज भ्रातृ तथा शुभेच्छुक संस्थाबारे मात्र छलफल भएको हो । अरु कुनै विषयमा छलफल भएन । फेरि बस्ने गरी आजको बैठक सकिएको छ । बैठकमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति ल्याउनुपर्नेमा नेताहरुले जोड दिएका थिए । युनियनको ९ औं महाधिवेशन साउन ६ र ७ गते हेटौँडामा हुँदैछ ।’, उनले भने ।

बैठकमा उपत्यकामा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement