काठमाण्डु- नेपाली काँग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । नेपाली काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेल पार्टीका उपसभापति पूर्णबहादुर खड्को संयोजनमा बैठक बसिरहेको हो ।
सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा आजको बैठकमा छलफल भइरहेको उनले बताए । आजको बैठकमा नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्ष भने सहभागि भएको छैन् । कोइराला पक्ष बालुवाटारस्थित उनको सचिवालयमा आन्तरिक छलफलमा जुटेको हो ।
कोइराला पक्षीय उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सानेपा बैठकमा सहभागी नरहेको बताइएको छ । स्थानीय तहको निर्वाचनदेखि कोइरा पक्ष पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट बनेको छ ।
कोइराला पक्षले सभापति देउवा पार्टीको विधान विपरित हिडेको आरोपसमेत लाएको छ । यसअघि पनि कोइराला समूहले दुई दिन आन्तरिक छलफल गरेको गरेको थियो ।




प्रतिक्रिया