कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकुष्ण खाँणको निलम्बनबारे निर्णय हुनसक्ने

कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकुष्ण खाँणको निलम्बनबारे निर्णय हुनसक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि त्यसबारे पार्टीको आधिकारिक धारणा राख्न बैठक बस्न लागेको हो।

बैठकमा पक्राउ परेका खाँणलाई पार्टीले निलम्बन गर्ने कि नगर्नेबारे छलफल गरिनेछ। यसै सम्बन्धमा बुधबार पनि करिब ३ घन्टा बैठक बसेको थियो। बुधबारकाे बैठकमा कुनै ठोस निर्णय हुन नसकेपछि आज पनि बैठक बस्न लागेको हो।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्नुपर्ने अडान राखेकाे एक नेताले जानकारी दिए। आजकाे बैठकले खाणको निलम्बनबारे निर्णय गर्नसक्ने बताइएको छ। यता, नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको छ।